Connect with us
Kapilvast Forest

कृष्णनगर नगरपालिकाद्वारा प्रहरीलाई एसी र फिल्टर सहयोग

२०८२, २१ पुष सोमबारमा प्रकाशित

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका तथा नगरपालिकाका दुई ओटा वडाले इलाका प्रहरी कार्यालय कृष्णनगरलाई ३ थान एसी र ३ थान पानी फिल्टर सहयोग गरेका छन् । ३ लाख ६ हजार बराबरको साे सामग्री प्रदान गरिएको जनाइएको छ ।

कृष्णनगर नगरपालिकाले १ टन क्षमताका २ ओटा एसी उपलब्ध गराएको छ भने वडा नम्बर १२ काे कार्यालयले डेढ टन क्षमताको १ ओटा एसी सहयोग गरेको छ । यस्तै, वडा नम्बर १ कार्यालयले ३ थान पानी फिल्टर इलाका प्रहरी कार्यालयलाई प्रदान गरेको हो ।

सोमबार कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहले इलाका प्रहरी कार्यालय कृष्णनगरलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । शाहले इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक इश्वरी लाैडारीलाई हस्तान्तरण गरेेका हुन् ।

नगर प्रमुख शाहले प्रहरी कार्यालयको कार्यसम्पादन र सेवा प्रवाहलाई थप सहज बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बताए । उनलेे स्थानीय सरकार र प्रहरीबीचको सहकार्यले शान्ति सुरक्षा कायम गर्न थप बल पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै वडा अध्यक्ष प्रहलाद यादवले नागरिकको सुरक्षा र शान्ति कायम गर्ने महत्वपूर्ण आधार हो बताए । आगामी दिनमा पनि आवश्यक सहकार्य र सहयोग निरन्तर रहने उनले बताए ।

इलाका प्रहरी कार्यालयले नगरपालिका र वडाकाे यस सहयोगप्रति आभार व्यक्त गर्दै यसले प्रहरी सेवामा सकारात्मक प्रभाव पार्ने जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu