Connect with us
Kapilvast Forest

दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना

२०८२, २३ पुष बुधबारमा प्रकाशित

काठमाडौँ –
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गराएको छ।विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि  भक्तपुर चाँगुनारायण–२ स्थित मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिजलाई दुई लाख बराबरको जरिवाना गराएको छ । यस्तै काठमाडौँस्थित श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि लाई ५० हजार जरिवाना गरेको छ। विभागका अनुसार ती उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ २ क, दफा ३८  बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ ख बमोजिम कारवाही गरिएको हो ।

विभागले काठमाडौँ र भक्तपुरका विभिन्न १७ वटा उद्योग र फर्ममा अनुमगन निरीक्षण गरेको थियो । त्यसमध्ये १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको थियो। स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी समेतको सहभागितामा विभागले निरन्तर रूपमा अनुमगन तथा निरीक्षण गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu