Connect with us
Kapilvast Forest

सशस्त्रको गाडीले ठक्कर दिँदा बक्स घाइते, उपचार नपाएको गम्भीर आरोप

२०८२, २३ पुष बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल, कपिलवस्तु-
सशस्त्र प्रहरी बलको लापरवाहीका कारण कपिलवस्तुमा एक किशोर गम्भीर घाइते बनेका छन् । उपचारमा समेत बेवास्ता गरिएको आरोप लागेपछि घटनाले मानवअधिकार र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

गत बुधबार कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १० अमौलीमा सशस्त्र प्रहरी बलको गाडीले अटो रिक्सालाई ठक्कर दिँदा कृष्णनगर नगरपालिका वडा नं. ३ झण्डीनगरका १७ वर्षीय खुदा बक्स घाइते भएका हुन् ।

पुस १६ गते बेलुका करिब ६ बजे प्रस्तावित सीमा सुरक्षा बल कृष्णनगरको गस्ती टोलीले लु १ ह २११७ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा उक्त दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

दुर्घटनापछि घाइते बक्सलाई सोही दिन बहादुरगन्जस्थित शिवराज अस्पतालमा सामान्य उपचार गरी छाडिएको परिवारको भनाइ छ । तर चोट गम्भीर बन्दै गएपछि आर्थिक अभावका बीच परिवारले भारतको नौगढमा उपचार गराइरहेको जनाएका छन् ।

पीडित परिवारले सशस्त्र प्रहरी बलले दुर्घटनाको जिम्मेवारी लिनु त परै जाओस्, आवश्यक औषधि उपचारसमेत नगराएको गम्भीर आरोप लगाएका छन् ।

परिवारका अनुसार उपचारका लागि पटक–पटक अनुरोध गर्दा पनि कृष्णनगरस्थित सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन केसीबाट कुनै सहयोग वा सुनुवाइ नभएको छ ।

डिएसपी केसीसँग प्रतिक्रिया लिन प्रयास गर्दा उनी सम्पर्कमै आउन मानेका छैनन् । उनले प्रयोग गर्ने ९८५१२७२२१८ नम्बरमा आधा दर्जनभन्दा बढी पटक फोन गर्दा समेत सम्पर्क हुन सकेन । कार्यालयको सञ्चार शाखाले भने “डिएसपी सर बाहिर जानुभएको छ” भन्ने एउटै प्रतिक्रिया दोहोर्याइरहेको छ ।

राज्यको सुरक्षानिकायबाट भएको दुर्घटनामा पीडितको उपचारप्रति देखिएको उदासीनता गम्भीर र निन्दनीय भएको स्थानीयको भनाइ छ ।

घटनाबारे निष्पक्ष छानबिन, पीडितलाई निःशुल्क उपचार तथा दोषीमाथि कडा कारबाहीको माग चर्किँदै गएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu