Connect with us
Kapilvast Forest

सुरही एकीकृत सामुदायिक वनको अध्यक्ष पदमा प्रकाशको उम्मेदवारी

२०८२, २ माघ बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित सुरही एकीकृत सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदमा प्रकाश न्यौपानेले उम्मेदवारी दिनुहुने भएको छ । माघ ५ गते हुन गइरहेको सामुदायिक वनको अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने उहाँले उद्घोष गर्नुभयो ।

वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका न्यौपानेले आफू अध्यक्ष पदका लागि योग्य उम्मेदवार रहेको बताउनुभएको छ ।
अध्यक्ष पदका प्रत्याशी न्यौपानेका अनुसार सामुदायिक वनका उपभोक्ताहरूलाई सहज रूपमा काठ उपलब्ध गराउने, वन संरक्षणलाई थप प्रभावकारी बनाउने तथा वनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यका साथ आफू उम्मेदवार बनेको हो ।

विगतमा कार्यसमितिमा रहेर विभिन्न पदाधिकारीको भूमिका निर्वाह गर्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै उहाँले सबै उपभोक्ताहरूको सहयोग र साथ आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

“हामीले वनलाई संरक्षण गर्‍यौँ भने हाम्रो वातावरण सफा हुन्छ। साथै वनलाई आयमूलक बनाउँदै समुदायको आर्थिक अवस्था सुदृढ गर्न सक्छौँ,” न्यौपानेले भन्नुभयो ।
यसैगरी उक्त सामुदायिक वनको अध्यक्ष पदका लागि फानेश्वर न्यौपाने पनि प्रत्याशी रहनु भएको छ । अध्यक्ष पदका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएपछि सुरही एकीकृत सामुदायिक वन उपभोक्ता समूहको आगामी नेतृत्व चयनप्रति उपभोक्ताहरूको चासो बढेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu