Connect with us
Kapilvast Forest

गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै

२०८२, २ माघ बिहीबारमा प्रकाशित

काठमाडौं –

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ ।कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक विहीबार ललितपुरको कुपन्डोलमा बस्ने भएको हो ।बैठक बिहान ११ बजे बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जानेछ ।नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताए । बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आफूहरू निर्वाचन आयोग जाने उनले बताए ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu