Connect with us
Kapilvast Forest

कांग्रेस पूर्वमन्त्री बिरेन्द्र कुमार कनौडिया एमाले प्रवेश

२०८२, ४ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री बिरेन्द्र कुमार कनौडिया नेकपा एमाले प्रवेश गरेका छन । नेकपा एमालेले उहाँलाई कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने आश्वासन दिएलगत्तै कनौडिया एमालेमा प्रवेश गरेको स्रोतले जनाएको छ।
कांग्रेसबाट प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस भइसकेका कनौडिया पार्टीको विशेष महाधिवेशनका क्रममा कित्ता परिवर्तन गर्दै सभापति शेरबहादुर देउवा पक्षमा खुलेका थिए। तर पछिल्लो समय गगन थापा पक्षको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि आगामी निर्वाचनमा टिकट नपाउने सम्भावना बढेकाले एमाले रोजेको बुझ्न सकिन्छ ।
अनुभवी र जनाधार भएका नेताको एमाले प्रवेशलाई कपिलवस्तु क्षेत्र नं. ३ को राजनीतिक समीकरणमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ। कनौडियाको प्रवेशले एमालेको संगठन थप बलियो बन्ने र प्रतिनिधि सभा निर्वाचन झनै प्रतिस्पर्धी हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
यस तरङ्गले स्थानीय राजनीतिमा नयाँ ध्रुवीकरण ल्याउने संकेत देखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu