Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा रक्तिम सांस्कृतिक अभियानको चौथो भेला सम्पन्न

२०८२, ४ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरमा रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समितिको चौथो भेला आज सम्पन्न भएको छ। रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मानबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सुस्मिता विकको अध्यक्षतामा २३ सदस्यीय शिवराज नगर समिति चयन गरेको छ।
नवगठित समितिको उपाध्यक्षमा राजु विक, सचिवमा बिहान अदै, कोषाध्यक्षमा सुहानी जैसी र सह–सचिवमा पूजा पोख्रेल चयन हुनुभएको छ। सदस्यहरूमा सरद भण्डारी, प्रिन्स अदै, जेसिका भण्डारी, कसक घर्ती मगर, शुभम विक, ललित अदै, रिजन सुनार, भावना पोख्रेल, सुजता विक र अस्मिता बुढा रहनुभएको छ। यस्तै वैकल्पिक सदस्यमा इशु जैसी र विभिशा पुन चयन हुनुभएको छ।
भेलाले बेगम बुढा, ईश्वरा जैसी, सावित्री परिवार, शुसिला खनाल र सागर बुढा मगरलाई सल्लाहकारका रूपमा चयन गरेको छ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि मानबहादुर नेपालीले रक्तिम सांस्कृतिक अभियान गीत, संगीत र नृत्यमार्फत जनतालाई सचेत बनाउने अभियानमा निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले गरीब, किसान तथा मजदुर वर्गका दुःख–पीडालाई कलामार्फत उजागर गर्दै सामाजिक जागरण ल्याउने उद्देश्यसहित अभियान अगाडि बढिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला सचिव केर सिंह अदै, जातीय समता समाजका केन्द्रीय सदस्य रामबहादुर विक तथा रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा मगरले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो। भेलामा अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य श्यामप्रकाश खनालको पनि आतिथ्यता रहेको थियो।
भेला पश्चात् नव–निर्वाचित समितिलाई राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा शिवराज नगर समिति अध्यक्ष केर सिंह पुन र अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्दबहादुर केसीले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रमको अध्यक्षता राजु विकले गर्नुभएको थियो भने सञ्चालन सुस्मिता विकले गर्नुभएको थियो। कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले “एक बनौँ, लौ एक बनौँ” भन्ने गीत प्रस्तुत गर्दै सहभागीहरूको स्वागत गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu