Connect with us
Kapilvast Forest

रुपन्देही २ मा नेकपाको उम्मेदवार विश्वदीप पाण्डे

२०८२, ५ माघ आईतवारमा प्रकाशित

काठमाडौं –

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुपन्देही २ मा सुवास पाण्डे (विश्वदीप)लाई उम्मेदवार बनाएको छ । नेता पाण्डेलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार टिकट हस्तान्तरण गरेका हुन् ।नेकपा एमालेले नेता वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । माघ ६ गते मनोनयनको मिति तोकिएको छ । त्यसअघि दलहरूले उम्मेदवार तय गरिरहेका छन् ।

अर्घाखाँचीमा जन्मिएका पाण्डे माओवादी सशस्त्र युद्धदेखि नै सक्रिय युवा नेता हुन् । उनी २०६८ सालमा डा. बाबुराम प्रधानमन्त्री हुँदा स्वकीय सचिव बनेका थिए । डा. भट्टराई माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी गठन गर्दा उनी बाबुरामसँगै थिए ।पछि उनी प्रचण्ड नेतृत्वको माओवादीमै फर्किएका थिए । २०८१ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले पाण्डेलाई युवा तथा सामाजिक विकास विज्ञ पदमा नियुक्त गरेका थिए ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu