Connect with us
Kapilvast Forest

रुपन्देही–२ मा राप्रपाकी कर्भिका थापाले उम्मेदवारी फिर्ता लिइन्

२०८२, १० माघ शुक्रबारमा प्रकाशित

काठमाडौं –

रुपन्देही–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना पुगेपछि मात्र उम्मेदवारी दिनु पर्नेमा त्यो अवधि नपुगेको हुँदा उम्मेदवारी फिर्ता लिएको विज्ञप्ति निकालेर जानकारी गराएकी छन् ।थापाले पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेपछि संविधानको मर्म र भावनाअनुसार उम्मेदवारी फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमार्फत बताएकी छन्।

उनले अध्ययनको क्रममा विदेशमा स्थायी आवास अनुमति (पीआर) लिएको भए पनि नेपाली नागरिकता र राहदानी बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट पारेकी छन्।तर नेपालको संविधानको धारा २९१ अनुसार स्थायी आवास अनुमति परित्याग गरेपछि कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने कानुनी व्यवस्था रहेको जानकारी पाएपछि आफूले निर्णय फिर्ता लिएको उनले उल्लेख गरेकी छन्।

उम्मेदवारी फिर्ता लिए पनि देशसेवाको भावना नरोकिने भन्दै उनले राजनीति भित्र वा बाहिर रहेर प्रविधि, उद्यमशीलता, युवा तथा महिला सशक्तिकरण र सुशासनका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएकी छन्।उनले भविष्यमा सही समय र स्पष्ट कानुनी आधारसहित फेरि जनतासामु उभिने पनि बताएकी छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu