प्रेस संगठन नेपाल कपिलवस्तुले पुर्णता पायो
- सनिउल्ला धोबी, मंसीर १९
प्रेस संगठन नेपाल जिल्ला समिति कपिलुवस्तुले पुर्णता पाएको छ । केही दिन पहिले प्रेस संगठन नेपाल केन्द्रीय समितिले जिल्ला संयोजक र सहसंयोजक नाम प्रकाशित गरेको थियो । कपिलवस्तुको संयोजक पदमा डिलाराम भुसाल सहसंयोजक पदमा हरी अधिकारीको नाम केन्द्रले मनोनित गरेको थियो ।
प्रेस संगठन नेपाल जिल्ला समिति कपिलुवस्तुको आज बसेको जिल्ला बैठकले नया कार्य समिति गठन गरेको नेपाल पत्रकार महासंघ प्रदेश ५ का संयोजक तथा प्रेस संगठन नेपालका केन्दीय नेता बसन्त गिरीले जानकारी दिनु भयो ।
जिल्ला कार्य समिति सदस्यमा पत्रकार राजेश चौधरी, शैलेन्द्र श्रेष्ठ, दिपक केसी, भूपाल थापा, माधव बेल्बासे, नेत्र प्रसाद पाण्डे विक्रम विश्वकर्मा, भगवती न्यौपाने, मनिश गुप्ता, जानु पाण्डे, रामु पौडेल, कोपिला पोख्रेल, पार्वती आचार्य, गीता पौडेल, बाबुराम रायमाझी, कृष्ण हरिजन, विनोद भट्टराई, शरद अधिकारी, थानेश्वर अधिकारी र सञ्जीव गहतराज, अजय वर्मा रहेको जिल्ला संयोजक डिलाराम भुसालले जानकारी दिनुभयो ।
मनोनित प्रेस संगठन नेपाल जिल्ला समिति कपिलवस्तुलाई कपिलवस्तु मिडिया प्रा.ली र न्युज सेन्टर नेपालले सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।