Connect with us
Kapilvast Forest

अमेरिकामा हिउँआँधी : १० लाख घरमा अन्धकार, १३ जनाको मृत्यु

२०८२, १३ माघ सोमबारमा प्रकाशित

काठमाडौं-

अमेरिकामा आइतबार आएको भीषण हिम आँधी (हिउँसहितको आँधी) ले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् ।नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस) का अनुसार यो आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसबाट करिब २१ करोड अर्थात् दुई(तिहाइ अमेरिकी नागरिक प्रभावित भएका छन्।

‘डेली मेल’ का अनुसार न्युयोर्कसहित देशभर हालसम्म १३ जनाको मृत्यु भइसकेको छ।‘फ्लाइटअवेयर’ को तथ्याङ्कअनुसार शुक्रबारदेखि हालसम्म ३१,००० भन्दा बढी उडानमा अवरोध पुगेको छ भने १८,००० भन्दा बढी उडान रद्द भएका छन्। आइतबार मात्रै १०,८०० भन्दा बढी उडान रद्द भए। विशेषज्ञहरूका अनुसार उडान रद्द र ढिलाइ हुने समस्या अझै केही दिनसम्म कायमै रहन सक्छ।

विद्युत् आपूर्ति सहज हुन हप्तौँ लाग्न सक्ने

अमेरिकाको टेनेसी राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ आइतबार दिउँसोसम्म करिब ३।३७ लाख घर र व्यवसायहरू अन्धकारमा थिए। लुइसियाना, मिसिसिपी, केन्टकी, जोर्जिया, अलाबामा र वेस्ट भर्जिनियामा पनि लाखौँ मानिस बिजुलीविहीन छन्।

हिउँ र असिना वर्षाका कारण रुखहरू ढलेका छन् र विद्युत्का तारहरू चुँडिएका छन्। अधिकारीहरूका अनुसार विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु गर्न अझै केही हप्ता लाग्न सक्छ।

तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्‍यो

राष्ट्रपति ट्रम्पले आपत्काल घोषणा गरेसँगै फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले विभिन्न राज्यमा आवश्यक सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू परिचालन गरेको छ। न्युयोर्ककी गभर्नर क्याथी होचुलले राज्यबासीलाई वर्षौँपछिको सबैभन्दा लामो ठन्डी र हिमपातका लागि तयार रहन आग्रह गरेकी छन्। क्यानडाको सीमा नजिकका इलाकाहरूमा तापक्रम (३७ देखि (४५ डिग्री सेल्सियससम्म पुगेको छ। गभर्नर होचुलले यसलाई ‘हड्डी नै जमाउने’ आर्कटिक आँधीको संज्ञा दिएकी छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu