Connect with us
Kapilvast Forest

एक मतदान केन्द्रमा रहनेछन् ९ कर्मचारी

२०८२, १३ माघ सोमबारमा प्रकाशित

काठमाडौँ –

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ५०० भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ९ जना खटाउने गरी कर्मचारी व्यवस्थापन गरिरहेको छ। ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन स्वयंसेवकसहित नौ कर्मचारी खटाउने आयोगले जनाएको छ।

५०० सम्म मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित आठ जना कर्मचारी खटाइने छ। अस्थायी मतदान केन्द्रका लागि भने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित पाँच जना कर्मचारी खटाइने छ। अहिले देशभर २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ती सबै मतदान केन्द्रमा आयोगले कर्मचारी खटनपटन गर्दा करिब दुई लाख १३ हजार जनशक्ति आवश्यक पर्छ।  आयोगले ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ वटा निर्वाचन अधिकृतको कार्यालय, ७७ वटा जिल्ला निर्वाचन कार्यालय, सात वटा प्रदेश निर्वाचन कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्भव भएसम्म जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतको कार्यालयमा न्याय सेवाका उपसचिवस्तरका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतस्तरका र सात प्रदेश निर्वाचन कार्यालयमा उपसचिवस्तरका  कर्मचारीको नेतृत्वमा कर्मचारी खटाउने र मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयले अन्तर्गतका मतदान केन्द्रमा कर्मचारी खटाउनेगरी आयोगले काम गरिरहरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu