Connect with us
Kapilvast Forest

चुनावी अभियानका क्रममा नेपालगञ्ज पुगे बालेन

२०८२, १३ माघ सोमबारमा प्रकाशित

काठमाडौं –

रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सोमबार (आज) नेपालगञ्ज पुगेका छन् ।झापा–५ बाट उम्मेदवारी दर बालेन पूर्वी पहाडका जिल्लाहरू घुमेर शनिबार काठमाडौं फर्किएका थिए ।

काठमाडौंमा उनले हिजो (आइतबार) दिनभर राजनीतिक भेटघाट गरेका थिए । त्यसपछि उनी आज सुदूरपश्चिमतर्फ लागेका हुन् ।सचिवालयका अनुसार, उनी बाँके, बर्दिया लगायतका क्षेत्र हुँदै सुदूरपश्चिम जाने कार्यतालिका छ ।

काठमाडौंको मेयरबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका बालेन नेपालगञ्ज पुग्दा समर्थकको उल्लेख्य भीड लागेको छ ।