Connect with us
Kapilvast Forest

मिनिरल वाटर बोकेको गाडी इन्द्रसरोवर तालमा खस्यो

२०८२, १३ माघ सोमबारमा प्रकाशित

काठमाडौं-

मकवानपुरको इन्द्रसरोवर तालमा मिनरल वाटर बोकेको गाडी खसेको छ । इन्द्रसरोवर गाउँपालिका-१ मार्खुचौरस्थित मार्खु – कलंकी सडक खण्डमा कंलकीबाट मार्खु तर्फ आउँदै गरेको बा३ख ३९५४ नं. को मिनरल वाटर (खानेपानी) बोकेको आइचर गाडी तालमा खसेको हो ।रोकेर पानी झार्ने क्रममा अचानक अगाडि बढ्दा सडकबाट अन्दाजी १५ मिटर तल इन्द्रसरोवर तालमा गाडी खसेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट मार्खुबाट खटिएको टोली घटनास्थल पुगेको र गाडी निकाल्नका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।गाडी मालिक ललितपुरको ललितपुर नगरपालिका-११ ‍शङ्खमुलका दिगज आमत्य, चालक गोरखा सुलीगढ गाउँपालिका-१ का २१ वर्षीय सुजन परियार र सहचालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका -३ का १८ वर्षीय सुजन जिम्बा सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu