Connect with us
Kapilvast Forest

८८ वर्षमा चुनाव लड्दै आचार्य

२०८२, १४ माघ मंगलवारमा प्रकाशित

काठमाडौं-
आगामी निर्वाचनमा ८८ वर्षीय मदनदेव आचार्यले काठमाडौं–४ बाट स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा गरेका छन्। चुनावी मैदानमा होमिएका पूर्वप्रशासक मदनदेव आचार्य लामो समय परराष्ट्र र अर्थमा बिताए थिए।  विसं १९९५ मा जन्मिएका आचार्यले २०१७ सालमा परराष्ट्र सेवाबाट सरकारी जागिर थालेका थिए। विपी कोइराला उनका मामाका छोरा हुन्।
उनले जेनजीका माग उठाइरहेका छन्। उनी भन्छन्, ‘त्यो मैले पहिल्यै उठाएको। तर, एक्लो भएकाले कसैले सुनेन। शासन सुधार्न र भ्रष्टाचार रोक्न मैले उम्मेदवारी दिन लागेको हुँ’, उनले भने। आचार्य पुस्तक लेखक पनि हुन्। उनले प्रशासन, राजदरबार, कोइराला परिवार, इन्दिरा गान्धी, अमेरिका, व्यापार, महारानी एलिजाबेथ, जापानी राजकुमार अकिहितो, सिनेमा, अदालत, राजदूतावास, परराष्ट्रलगायत क्षेत्रलाई समेटेर ‘खिचडी’ नामक पुस्तक लेखेका छन्।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu