Connect with us
Kapilvast Forest

निर्वाचन प्रहरीको माघ १८ गतेदेखि आधारभुत तालिम सुरु हुने

२०८२, १५ माघ बुधबारमा प्रकाशित

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि छनौट भएका निर्वाचन प्रहरीको माघ १८ गतेदेखि आधारभुत तालिम सुरु हुने भएको छ ।  निर्वाचन प्रहरीको लागि धनकुटामा दोस्रो पटक म्याद थप गरेपछि मात्रै आवश्यक संख्यामा दरखास्त पुगेको थियो । उनीहरुको आज मात्र छनौट सम्पन्न भएको छ ।निर्वाचन प्रहरीको छनौट सम्पन्न भएपछि बाँकी आवश्यक काम पुरा गरी माघ १८ गतेदेखि २७ गतेसम्म आधारभुत तालिम सञ्चालनको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरदकुमार थापा क्षेत्रीले बताए ।

धनकुटाका लागि तोकिएको निर्वाचन प्रहरीको संख्या अपुग भएपछि दुई पटकसम्म आवेदनका लागि म्याद थपिएको थियो । धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र सशस्त्र प्रहरीमा ९६ जना गरी एक हजार ८५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । निर्वाचन प्रहरीको आधारभूत तालिम सम्पन्न भएपछि उनीहरुलाई कार्यक्षेत्रमा परिचालन गरिने एसपी थापा क्षेत्रीले बताए ।

धनकुटामा एक लाख १८ हजार चार सय २५ मतदाता छन्। मतदानका लागि एक सय १९ मतदानस्थल र एक सय ६६ मतदान केन्द्र तोकिएको छ । जसमध्ये १६ मतदानस्थल अति संवेदनशील, ४९ संवेदनशील र ५४ मतदानस्थललाई सामान्य मानिएको छ । संवेदनशील मतदान केन्द्रमा न्यूनतम ३ जना प्रहरी र १० निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको छ । 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu