Connect with us
Kapilvast Forest

कपिलवस्तु–३ मा नेतृत्व परिवर्तन अपरिहार्य : केन्द्रिय अध्यक्ष अशोक यादव

२०८२, १६ माघ बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु – जनता लोकतान्त्रिक पार्टी नेपालका केन्द्रीय अध्यक्ष अशोक यादवले कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ मा अब नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको बताएका छन्। २०४६ सालपछि यहाँको राजनीतिक इतिहास हेर्दा जनताले राप्रपा, नेपाली कांग्रेस, नेकपा (एमाले) र विभिन्न मधेसी दललाई पटक–पटक अवसर दिएको भए पनि अपेक्षित विकास हुन नसकेको यादवको भनाइ छ।
उनका अनुसार ती दलबाट पटक–पटक चुनाव जितेका नेताहरूको कार्यकालमा न त क्षेत्रमा क्याम्पस स्थापना हुन सकेको छ, न महिला र बालबालिकाका लागि व्यवस्थित अस्पताल निर्माण भयो, न त दिगो रोजगारीका अवसर सिर्जना भए। “वर्षौंसम्म एउटै अनुहारले राजनीति गरे पनि कपिलवस्तु–३ विकासमा पछि नै रह्यो,” यादवले भने।
यादवले विकासमा असफल भइसकेका ‘टेस्टेड’ नेताहरू पुनः उम्मेदवार बनेकोप्रति समेत प्रश्न उठाएका छन्। मिडिया सर्वेक्षणमा प्रमुख प्रतिस्पर्धीका रूपमा फेरि तिनै पुराना नेताहरू देखिनु जनताका लागि गम्भीर आत्ममन्थनको विषय भएको उनको टिप्पणी छ। “यहाँ प्रश्न उठ्छ—कपिलवस्तु–३ का जनताले कहिले बुझ्ने?” उनले भने।
उनले यो समय परिवर्तनको भएको उल्लेख गर्दै समग्र विकास र समृद्धिका लागि नयाँ सोच, नयाँ ऊर्जा र युवा नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड दिए। “पटक–पटक अवसर पाएकाहरू नै जितिरहे भने यस क्षेत्रको विकास असम्भव छ,” यादवको दाबी छ।
अन्त्यमा उनले कपिलवस्तु–३ को विकास र समृद्धिका लागि नेतृत्व बदल्न आह्वान गर्दै जनता लोकतान्त्रिक पार्टी नेपालको चुनाव चिह्न ‘भैंसी’मा मतदान गर्न आग्रह गरे। “नेतृत्व बदलौं, विकासको लहर सिर्जना गरौं,” उनले भने।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu