Connect with us
Kapilvast Forest

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

२०८२, १९ माघ आईतवारमा प्रकाशित

काठमाडौं –

नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति माथि उठाउने गरी राज्यका आर्थिक नीतिहरु हुनुपर्नेलगायत विषय समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सो पार्टीले आज पत्रकार सम्मेलन गरी महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ को उपस्थितिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो।

शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिएको सो दलले पुँजीवादी, दलाल र साम्राज्यवादी नीति र संस्कृतिको अन्त्य गर्दै धनी र गरिबबीचको खाडल अन्त्यको सङ्कल्प गरेको छ। महासचिव चन्दले शिक्षा र स्वास्थ्यलाई सर्वसुभल बनाउने र रोजगारीको सुनिश्चितता गर्ने, निजी क्षेत्रलाई आफूखुसी शुल्क तोकेर जथाभावी गर्न छुट दिन नहुने बताए। उनले कृषिलाई आत्मनिर्भर तथा विज्ञान र प्रविधिका क्षेत्रमा लगानी बढाउन र युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिए। व्यापार र लगानी बढाएर मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता सो पार्टीले गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu