Connect with us
Kapilvast Forest

गगन थापादेखि केपी ओलीसम्मको नाम लिँदै पैसा उठाउने अमेरिकी नागरिक पक्राउ

२०८२, २० माघ सोमबारमा प्रकाशित

काठमाडौं-

नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । ती अमेरिकन नागरिकले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका थिए ।

जहाँ केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनादे चौधरीलगायत १३ जनाको नाम राखिएको पाइएको अध्यागमन विभागले जनाएको छ ।यसका साथै लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरुको नाम समेत राखेको भेटिएको छ । ‘निकलेज इडीयू एनपी’ नामको वेबसाइटमा यस्तो प्रचार गरिएको विभागका प्रवक्ता टिकाराम ढकाल बताउँछन् । यो कलेजले कोरियन, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस् स्टडिज् आदी अध्ययन गराउने सूचना राखेको थियो ।

यो कलेजलाई त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनेर प्रचार गरिए पनि आधिकारिक प्रमाणपत्र भने उनले पेस गर्न नसकेको प्रवक्ता ढकालले बताए ।अहिले पक्राउ परेका ती अमेरिक नागरिक २०१४ देखि नेपाल आउन थालेको देखिएको प्रवक्ता ढकाल बताउँछन् । यो १२ वर्षको अवधिमा उनी ५० भन्दा बढी पटक नेपाल आएको देखिएको छ । उनी पर्यटक, वर्किङ, व्यवसायिक भिसामा नेपाल आउने गरेको देखिन्छ ।

व्यवसायिक भिसा लिनका लागि उनले नेपालमा कमसिड नेपाल प्रालि भनेर कम्पनी दर्ता गरेको भेटिएको छ । उनी नेपालमा चर्च प्लान्टिङ लगायतका काममा संलग्न भएको विभिन्न प्रमाणहरुले पुष्टि गरेको अध्यागमनले स्रोतले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu