गुल्मी ४७ वर्षीय पुरुष मृत फेला
गुल्मी –
गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ राजचौर निवासी ४७ वर्षीय निमबहादुर कुमाल मृत अवस्थामा फेला परेका छन् ।मंगलबार बिहान करिब १० बजे घरबाट तम्घास जान्छु भन्दै हिंडेका थिए ।उनी सम्पर्कमा नआएपछि आफन्तले खोजतलास गर्दै जाने क्रममा बुधबार बिहान करिब ११ बजे इस्मा–२ स्थित छल्दीपनाह खोलाको कुलोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी हस्तिचौर गुल्मीबाट प्रहरी सहायक निरीक्षक विनय कुमार श्रीवास्तवको कमाण्डमा टोली खटिएको थियोे ।थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ ।घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।