कलाकार सुनिल थापाको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण मुटुको नसा ब्लकेज
काठमाडौं –
चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आइतबार बिहान उनको शवको पोस्टमार्टम भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पोस्टमार्टम रिपोर्टअनुसार थापाको हृदयघातबाट मृत्यु भएको पाइएको स्रोतको भनाइ छ ।‘हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ’ एक चिकित्सकले अनलाइनखबरसँग भने । पोस्टमार्टम सकेर उनको शव अहिले अस्पतालबाट लगिएको छ । श्रद्धाजञ्जीका लागि चलचित्र विकास बोर्डमा राखिने छ ।