सिटिजन लाइफद्वारा एमडिआरटि सम्मान तथा प्रशिक्षण
पोखरा । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटि २०२६ मिडियन डलर राउन्ड टेबल सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम फागुन ५ गतेदेखि ७ गतेसम्म होटल पोखरा ग्रान्डी, पोखरामा दुई रात तीन दिनसम्म आयोजना गरिएको थियो । कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरूलाई सम्मान गरिएको थियो ।
जसअन्तर्गत ६७ जना एमडीआरटी, २ जना सिओटी कर्ट अफ द टेबल – सिओटी तथा १ जना टिओटी ९टप अफ द टेबल क्वालिफायर रहेका थिए ।
यसका साथै, सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
यस कार्यक्रमको उद्देश्य उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरुलाई सम्मान गर्नुका साथै आगामी व्यवसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र सशक्त प्रशिक्षण प्रदान गर्नु रहेको थियो ।
कार्यक्रम अन्तर्गत ‘द सेक्रेट अफ प्रोगेसिभ लाइफ’ विषयमा प्रख्यात सेल्स कोच तथा मोटिभेशनल स्पीकर डा रबिन कटवालले विशेष प्रशिक्षण सत्र सञ्चालन गरेका थिए, जसले सहभागीहरूलाई व्यक्तिगत तथा व्यवसायिक विकासका लागि प्रेरित गरेको कम्पनीले जनाएको छ ।
साथै कम्पनीका ब्राण्ड एम्बेसडरहरू मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको विशेष उपस्थिति रहेको थियो ।