Connect with us
Kapilvast Forest

ट्रम्प र पुटिनबीच कुराकानी

२०८२, २६ फाल्गुन मंगलवारमा प्रकाशित

इरानमा युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाको अभियान चाँडै सकिन सक्ने तर यो हप्ता नै समाप्त नहुने बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘इरानसँग जे–जे थियो, लगभग सबै समाप्त भइसकेको छ, यहाँसम्म कि उनीहरूको नेतृत्व पनि कमजोर भइसकेको छ ।’

फेब्रुअरी महिनाको अन्त्यतिर अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेका थिए । त्यसपछि मध्यपूर्वका देशहरूमा तनाव बढिरहेको छ ।

यस तनावबारे रुसी राष्ट्रपति पुटिनसँग कुराकानी गरेको ट्रम्पले बताएका छन् । कुराकानीको क्रममा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको र पुटिनले सहयोग गर्न चाहेको ट्रम्पको भनाइ छ ।

ट्रम्पका अनुसार उनले पुटिनलाई ‘यदि तपाईं युक्रेनको युद्ध अन्त्य गराउन मद्दत गर्न सक्नुहुन्छ भने, त्यो अझ उपयोगी हुनेछ’ भनेका थिए ।

अमेरिकी र इजरायली आक्रमणबाट इरानका सर्वोच्च नेता अली खामेनीसहितका शीर्ष नेताहरु मरिएका थिए । अलि खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको छ ।

रूसी राष्ट्रपति पुटिनले सोमबार मोजतबा खामेनीलाई इरानको नयाँ सुप्रिम लिडर बनेकोमा बधाई दिएका थिए । रुसी राष्ट्रपतिले भनेका थिए, ‘तेहरानका लागि रूसले आफ्नो अटल समर्थन र इरानी साथीहरूसँगको एकता पुन: पुष्टि गर्दछ । हामी सधैं भरपर्दो साझेदार रहने बाचा गर्दछौं ।’

तर ट्रम्पले इरानको नयाँ नेताका मोजतबा खामेनीलाई धेरै मानिसहरूले राम्रोसँग नचिनेको र आफू खुसी नभएको बताएका छन् ।

ट्रम्पले आफूले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गर्दा युक्रेनमा जारी युद्धबारे पनि छलफल गरेको बताएका छन् । र कुराकानी सकारात्मक भएको बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘युक्रेनको युद्ध यस्तो संघर्ष हो, जसको अन्त्य नजिकै देखिँदैन । राष्ट्रपति पुटिन र भ्लोदोमिर जेलेन्स्कीबीच गहिरो दुश्मनी छ र उनीहरू कुनै सहमतिमा पुग्न सकेका छैनन् ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu