Connect with us
Kapilvast Forest

लुम्बिनी विकास बैंकद्वारा ग्लोबल मनी विकको कार्यक्रम, एक हजार विद्यार्थीहरू लाभान्वित

२०८२, १३ चैत्र शुक्रबारमा प्रकाशित

लुम्बिनी विकास बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा सातै प्रदेशमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरूमार्फत विभिन्न विद्यालयमा अध्ययनरत करिब एक हजार विद्यार्थीहरूलाई वित्तीय साक्षरता अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले युवा विद्यार्थीहरूलाई बैंकले गर्ने कार्यहरू जस्तै बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ्ग लगायतका विषयहरू समेटि विद्यालयहरूमा नै वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको थियो ।

साथै, उक्त अवसरमा बैंकका शाखा कार्यालयहरूबाट वित्तीय जानकारीमूलक प्लेकार्डहरू प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरेको थियो ।

‘स्मार्ट मनी टल्क्स’ भन्ने नाराका साथ यो वर्ष २०२६ को ग्लोबल मनी विक, १६ देखि २२ मार्चमा युवा बिद्यार्थीहरूलाई लक्षित गरि बैंकले पनि सो कार्यक्रमहरू सम्पन्न गरको थियो ।

यसबाट बैंकिङ्ग प्रणाली सुदृढ हुनुका साथै युवा विद्यार्थीहरूमा वित्तीय ज्ञानको विकास भएको विश्वास बैंकले लिएको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा एक्सटेन्सन काउण्टर रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम् प्रविधिहरूसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरूमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu