Connect with us
Kapilvast Forest

रास्वपा शिवराज-३ को अध्यक्षमा केशर निर्वाचित

२०८२, २२ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवराज नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा केशर महतरा निर्वाचित हुनुभएको छ ।

महतराको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत गठन गरिएको जनाइएको छ ।आयोजित भेलामा रास्वपाका लुम्बिनी प्रदेश प्रवक्ता कमल प्रसाद पोख्रेल, जिल्ला सभापति शिव कुमार सुवेदी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेताहरूले संगठन सुदृढीकरण, जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता तथा पार्टी विस्तारका विषयमा जोड दिएका थिए ।भेला रास्वपा नगर सभापति बालकृष्ण पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu