Connect with us
Kapilvast Forest

कपिलवस्तु अपडेट: सीमानामा गस्तीे, तस्करलाई सास्ती

२०८३, ६ बैशाख आईतवारमा प्रकाशित

कपिलवस्तु
सीमा अपराध तथा चोरी तस्करी नियन्त्रणका लागि शशस्त्र प्रहरी बल कपिलवस्तुले विशेष अभियान चलाएको छ । करिब ९३ किमी लामो भारती सीमा क्षेत्रबाट हुन सक्ने सुरक्षा चुनौती तथा राजस्व चुहावटलाई प्राथमिकतामा राख्दै सीमा सुरक्षा बल २८ नं.हेक्वा कपिलवस्तुले “सीमाना सुरक्षा” अभियान चलाएको थियो ।

जिल्लाभरी रहेका खुला सीमानाका करिब २३ वटा नाका, २ वटा मुख्य भन्सार नाका, एउटा सहायक भन्सार नाका सहित अन्य नाकाहरुबाट हुदै आएको चोरी पैठारी, तस्करी तथा अपराध नियन्त्रण कार्यलाई आक्रामक रुपमा अघि बढाएको छ । माघ देखि सुरु भएको उक्त अभियानबाट शशस्त्र प्रहरीले ३ महिनामै १ करोड २८ लाख रुपैया राजस्व संकलन गरेको छ ।

बरामद सामाग्री मध्ये मेशिनरी आइटम, लत्ताकपडा, कस्मेटिक, खाद्यान्न, चौपाया, सवारी साधन लगायतका रहेका छन् ।

सीमा अपराध, राजस्व चुहावट तथा सीमामा हुने गरेका अन्य गतिविधि प्रति शशस्त्र प्रहरीले विशेष निगरानी राख्दै आएको र आगामी दिनमा सीमा गस्ती जारी रहने शशस्त्र प्रहरी उपरिक्षक गोपाल अधिकारीले बताए ।

भन्सार छलि ल्याएका ति सबै सामान लिलामी प्रकृयामा गइसकेको उनले जानकारी दिए । सीमा क्षेत्र मात्र नभई राजस्व चुहावट भइरहेका अन्य क्षेत्रमा समेत शशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।

अवैध काठ तस्करी, नदीजन्य पर्दाथको अवैध चोरी निकासी तथा राजमार्ग क्षेत्रमा हुने राजस्व छली नियन्त्रणमा समेत टोली खटाइएको शशस्त्र प्रहरीले जनाएको छ । सो क्रममा सीमा क्षेत्रका स्थानीयलाई लक्षित गरि २४ स्थानमा जनचेतनामूलक कार्यक्रम समेत चलाइएको थियो ।

जंगे पिल्लर मर्मत ः शशस्त्र प्रहरीले नेपाल–भारत सीमामा रहेका जीर्ण, भास्सिएका तथा मक्किएका सीमा स्तम्भहरुको मर्मत गरेको छ । करिब ९३ किमी सीमानामा मुख्य र सहायक गरि २२० सीमा स्तम्भ रहेका छन् ।

जीर्ण पिलहरुको मर्मत संभार तथा पुराना पिलरहरुको रंगरोगन तथा सरसफाई गरिएको शशस्त्र प्रहरी सीमा सुरक्षा बल २८ नं.हेक्वा कपिलवस्तुले जनाएको छ । यसै बिच भारतीय सीमा सुरक्षा बल र शशस्त्र प्रहरी बिच संयुक्त गस्तीले समेत तिब्रता पाएको छ । सीमा अपराध नियन्त्रणका लागि दुबै पक्षले लंग रेन्ज तथा सर्ट रेन्जको संयुक्त गस्ती जारी राखेका छन् । “दुबै देशका सुरक्षा निकाय दैनिक जसो सीमाना गस्तीमै हुन्छन्, सल्लाह अनुसार संयुक्त गस्ती पनि जारी छ” शशस्त्र एसपी गोपाल अधिकारी भन्छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu