कपिलवस्तुमा युवा समाजसेवी मिश्र रास्वपामा प्रवेश
न्युजसेन्टर नेपाल-
कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० का युवा समाजसेवी विष्णु दत्त मिश्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी शिवराज नगर समितिद्वारा आयोजित एक कार्यक्रमबीच नगर अध्यक्ष बालकृष्ण पाण्डेले मिश्रलाई पार्टीमा स्वागत गर्नुभएको हो ।
पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर अध्यक्ष पाण्डेले पछिल्लो समय रास्वपाप्रति नागरिकहरूको आकर्षण र विश्वास बढ्दै गएको बताउनुभयो ।
देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै युवाहरू रास्वपातर्फ आकर्षित भइरहेको उहाँको भनाइ थियो ।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै मिश्रले अन्य दलभन्दा रास्वपाको विचार, नीति र सिद्धान्त आफूलाई राम्रो लागेको बताउनुभयो ।
देशमा सुशासन, पारदर्शिता र जनमुखी राजनीति आवश्यक रहेको भन्दै सोही उद्देश्यका लागि रास्वपामा आबद्ध भएको उहाँले उल्लेख गर्नुभयो ।