कपिलवस्तुको मायादेवी रिसोर्टमा डुबेर बालकको ज्यान गयो
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित मायादेवी रिसोर्टको लापरबाहीको कारण स्विमिङ पुलमा डुबेर एक बालकको ज्यान गएको छ ।
बुद्धभुमी नगरपालिका २ गोरुसिङ्गेका ८ बर्षिय बालक आवास चुदालीको डुबेर मृत्यु भएको इप्रका पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको पीडित परिवारले जनाएका छन । स्विमिङ्ग पुलमा आवश्यक सुरक्षा मापदण्ड नभएकोले बालकको ज्यान गएको पीडित परिवारको आरोप छ ।
उक्त रिसोर्टको संचालक बिरेन्द्र श्रेष्ठ रहेको स्थानीयले जनाएका छन ।