Connect with us
Kapilvast Forest

जनता मावि बलुहवाको ऐतिहासिक सफलता

२०८३, १२ असार शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- 
कपिलवस्तुको मायादेवी गाउँपालिका–५, बलुहवास्थित जनता माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ को कक्षा १२ बोर्ड परीक्षामा प्राविधिक धार (कम्प्युटर इन्जिनियरिङ) तर्फ ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयले ९९ प्रतिशत उत्कृष्ट नतिजा ल्याउँदै जिल्लामै आफ्नो शैक्षिक उत्कृष्टता कायम गरेको हो।

विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानका अनुसार उक्त सफलता विद्यार्थीहरूको मेहनत, शिक्षक तथा प्रशिक्षकहरूको समर्पण र विद्यालयले अवलम्बन गरेको गुणस्तरीय शिक्षण प्रणालीको परिणाम हो। उहाँले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

प्रधानाध्यापक चौहानले विद्यालयको सफलतामा योगदान गर्ने शिक्षक, प्रशिक्षक तथा अभिभावकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि प्राविधिक तथा गुणस्तरीय शिक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो।

विद्यालयको यो उपलब्धिले विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायमा खुसीको वातावरण सिर्जना गरेको छ। शिक्षाप्रेमी तथा सरोकारवालाहरूले विद्यालयको सफलताको प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रो नतिजाको अपेक्षा गरेका छन्।

प्राविधिक शिक्षामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको जनता माध्यमिक विद्यालय बलुहवाको यो सफलता मायादेवी गाउँपालिका र समग्र कपिलवस्तु जिल्लाकै लागि गौरवको विषय बनेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu