Connect with us
Kapilvast Forest

कपिलवस्तु कारागार अझै कैदीको कब्जामा

२०८३, १६ असार मंगलवारमा प्रकाशित

कपिलवस्तु-
सोमबार देखि कैदीबन्दीको नियन्त्रणमा रहेको कपिलवस्तु कारागारको २ नम्बर ब्लक आज (मंगलबार पनि आन्दोलनरत कैदीबन्दीहरुको नियन्त्रणमा छ । कारागार प्रशासन तथा सुरक्षाकर्मीहरु कारागार भित्र पस्न सकेका छैनन ।

२ नम्बर ब्लकका चौकीदार दामोदर थारु तथा मूलनाइके सहितको समूहले शनिबार ४ जना कैदी बन्दीहरुलाई निर्घात कुटपिट गरेको, सरकारले तोके अनुसारको राशनपानी नदिएको, कारागार भित्रको क्यान्टिनमा चर्को मुल्य लिने गरेको र विरोध गर्नेहरुमाथि चरम ज्यादती गर्ने गरेको भन्दै आन्दोलनमा छन् ।

आन्दोलनरत पक्षले बन्दी बनाएका मूल नाईके केयर सिंह खत्री, सहनाईके विजय खत्री र अर्जुन थारुलाई पत्रकारहरुको समन्वयमा छाडिएको छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको समन्वयमा बन्दी बनाइएका नाईकेहरुलाई छाडिएको थियो ।

जिल्ला सुरक्षा समिति संग बार्ता गर्न नमानेपछि आन्दोलनरत कैदीबन्दीले सोमबार राती पत्रकार महासंघलाई बोलाउन आग्रह गरेपछि जिल्ला प्रशासनले पत्रकार महासंघलाई समन्वयका लागि आग्रह गरेको थियो ।

आन्दोलनरत कैदीबन्दीहरुले आफ्ना १८ बुंदे माग पुरा हुनुपर्ने र हाल रहेका कारागारका चौकिदार र नाइकेहरु फेर्नुपर्ने माग राख्दै आएका छन् ।

आन्दोलनरत कैदीबन्दी नारायण वलीले कारागार प्रशासनले जर्बजस्ती तिनै चौकीदार तथा नाइकेलाई नै परिचालन गर्ने अडान राखेको कारण दोश्रो दिन पनि हामी कारागार नियन्त्रणमा लिन बाध्य भएको बताए ।

कपिलवस्तु कारागार प्रमुख मान बहादुर सारुले आफ्ना माग सुनुवाई नगरेको उल्टै सुरक्षाकर्मी परिचालन गरेर ठेगान लाईदिने धम्की दिएको भन्दै जर्बजस्ती गर्न खोजे आत्मदाह गर्ने समेत कैदीबन्दीले चेतावनी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले कारागार घटना समाधानका लागि सुरक्षा समिति वैठक बसिरहेको बताएका छन् । “”आन्दोलनरत कैदीबन्दीहरु संग समन्वय भइरहेको छ, अवस्था समाधानउन्मुख छ” ।

तर सुरक्षा श्रोतकै मान्ने हो भने जिल्ला प्रशासन तथा कारागार प्रशासनले घटनालाई सामान्य रुपमा लिइरहेको छ । मान्ने भए मान्ने नभए बल प्रयोग गर्ने पक्षमा प्रशासन रहेको बताउदै त्यस्तो अवस्था आए दुर्घटना निम्तन सक्ने आकलन सुरक्षा श्रोतले गरेको छ । कपिलवस्तु कारागारमा २ वटा ब्लकमा छन् भने २ नम्बर ब्लकमा १९० जना कैदीबन्दी छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu