Connect with us
Kapilvast Forest

विजयनगर: पालिका भित्रै अनुगमन: १४ लाख ७२ हजार झ्वाम

२०८३, १५ असार सोमबारमा प्रकाशित


न्युजसेन्टर नेपाल-

कपिलवस्तुको विजयनगर गाउँपालिकाले पालिकाभित्रै रहेका योजना तथा विद्यालय अनुगमनका नाममा १४ लाख ७२ हजार ८ सय रुपैयाँ खर्च गरेको पाइएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को मर्म विपरीत पालिकाभित्रकै योजना तथा विद्यालय अनुगमनका लागि तलबभत्ता बाहेक ठूलो रकम खर्च भएको देखिएको हो।

सूचनाको हक प्रयोग गरी माग गरिएको विवरणअनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ को वैशाखसम्म अनुगमन शीर्षकमा उक्त रकम खर्च गरेको जनाएको छ।

गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माको जिम्मेवारीमा पालिकाभित्रकै कर्मचारी तथा जनप्रतिनिधिहरूलाई अनुगमन बापतको भत्ता वितरण गरिएको विवरणले देखाएको छ।

गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा योजना तथा विद्यालय अनुगमनबापत ५ लाख ३८ हजार रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा योजना, कृषि, पशु शाखा तथा विद्यालय अनुगमनबापत २ लाख ३४ हजार ८ सय रुपैयाँ खर्च भएको छ।

त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा अनुगमन शीर्षकमा ५ लाख ७१ हजार रुपैयाँ र चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म १ लाख २९ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ।
अनुगमनमा सहभागी व्यक्ति अनुसार कसले कति रकम बुझे भन्ने विवरण माग गरिए पनि गाउँपालिकाले एकमुष्ट खर्च विवरण मात्रै उपलब्ध गराएको छ।

पालिकाभित्रकै योजना अनुगमनका नाममा भएको खर्चको औचित्य, पारदर्शिता र सार्वजनिक विवरणमाथि स्थानीयस्तरमा प्रश्न उठ्न थालेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu