एडीबीसँग नेपालले २५ अर्ब रुपैयाँ ऋण सम्झौता
काठमाडौ । नेपाल सरकारले एसियाली विकास(एडीबी) बैंकसँग झन्डै १६५ मिलियन डलर(करिब २५ अर्ब रुपैयाँ) ऋण लिने भएको छ । एडीबी अध्यक्ष मासातो कान्डाको भ्रमणकका क्रममा नेपाल र बैंकबीच उक्त सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार नेपाल र एडीबीबीच एकीकृत खानेपानी तथा ढल व्यवस्थापन कार्यक्रम, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) र लजिस्टिक सुधार कार्यक्रमका लागि ऋण सम्झौता भएको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्डाको उपस्थितिमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका हुन् ।