७५ लाख बढी लातगको वडा कार्यालयको भवन निर्माण सुरु
कपिलवस्तु मंसिर २२,
कपिलवसतु नगरपालिका वडा नम्बर २ को भवन शिलान्यास गरिएको छ । बर्धाहवामा साढे तीन कठ्ठा जमिनमा पुजापाठ गरी मेयर किरण सिंहले भवनको शिलान्यास गरे । भवन नहुदा वडा कार्यालय भाडामा संचालन हुदै आएको छ । सो अवसरमा मेयर सिंहले भवन निर्माण पछि वडाबासीलाई सेवा सुबिधा पाउन सहज हुने बिश्वास ब्यक्त गरे ।
चालु आर्थिक बर्षृ यो वडा सहीत वडा नम्बर ३, ४ र १० वडामाा समेत भवन निर्माण कार्य अघि बढेको मेयर सिंहले बताए । ७५ लाख ४७ हजार एक सय १२ रुपैया लागतमा ४ कोठे र दुइृ तले भवन निर्माण हुने नगरपालिकाका ईन्जीनीयर चन्डी प्रसाद देवले बताए । गौतम बुद्ध कन्ट्रक्सनले पाएको ठेक्का यही आथ्र्रिक बर्षृ भित्र संपन्न गर्ने संझौतमा उल्लेख छ ।
सो अवसरमा वडा अध्यक्ष राम भजन कलवारले सानो सीमिति कोठामा सेवा दिन अप्ठेरा परेको बताए । भवन निर्माण पछि कर्मचारी , वडाबासी र जन प्रतिनिधिलाई समते सहज हुने उनले बताए । भवन निर्माणकालगि स्थनीयष् समाजसेबी मुख्तार अहमद खाले ढेड कठ्ठा जमिन वडालाई दिएका थिए । कार्यक्रममा नगर कार्य समिति सदस्य सबिता घिमिरे नगरपालिकाका सामाजिक सल्लाहकार सुरेन्द्रराज लम्साल लगायतको सहभागीतना थियो ।