नेकपा बैठक सोमबार दिनको एक बजे बस्ने
काठमाडौं । सोमबार बिहान नौ बजेका लागि तय भएको नेकपा सचिवालय बैठकको समय परिवर्तन भएर सोहि दिनको एक बजे हुने भएको छ । यसअघि गत बुधबार रको सचिवालय बैठकले उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउन सोमबार बिहान नौ बजेका लागि बैठक वोलाउने निर्धारित गरिएको थियो ।
सचिवालयका सदस्यहरुको समयलाई ख्याल गर्दै समय परिवर्तन भएको महासचिव विष्णु पौडेलले जानकारी दिए आइतबार अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा पेश गर्ने एजेण्डाका बारेमा पार्टी नेताहरुसँग छलफल गरेका थिए ।
सोमबारको बैठकमा प्रचण्डले विभिन्न बैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । प्रचण्डको प्रस्तावमा पार्टी एकता प्रकृयालाई पूर्णता दिँदै ६ महिने अभियान चलाउने योजना समेत समेटेको बताइएको छ ।