Connect with us
Kapilvast Forest

सामुदायिक वनमा बोराभित्र महिलाको शव भेटियो

२०८३, २२ श्रावण शुक्रबारमा प्रकाशित

सामुदायिक वनमा बोराभित्र महिलाको शव भेटियो
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ सेल्फी रोड नजिक सामुदायिक एक महिलाको शव फेला परेको छ ।

वनमा सेतो बोराभित्र बाँधिएको अवस्थामा महिलाको शव भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।

वनमा शुक्रबार दिउँसो करिब २ बजे स्थानीय च्याउ टिप्न जाँदा खाल्डोमा फालिएको सेतो बोराभित्र शव देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा डग तथा सोको टोलीसहितको अनुसन्धान टोली परिचालन भएको छ ।

प्रहरीले बोरा खोलेर हेर्दा हालसम्म पहिचान नखुलेकी करिब ३०–३२ वर्ष उमेरकी जस्तो देखिने महिलाको शव फेला परेको जनाएको छ ।

घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

शव भेटियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu