Connect with us
Kapilvast Forest

कपिलवस्तुमा भन्सार छली ल्याएका १० लाखका मोटरपार्टस बरामद

२०८३, २१ श्रावण बिहीबारमा प्रकाशित


कपिलवस्तु-

नेपाल–भारत सीमा क्षेत्रमा अवैध चोरीपैठारी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै सशस्त्र प्रहरीले अवैध भित्रिएका मोटर पाट्र्स बरामद गरेको छ ।

सशस्त्र प्रहरीले जिल्लाको कृष्णनगर नगरपालिका–३ चैपुरवा क्षेत्रबाट ल्याइएका ९ लाख ८२ हजार ६७४ रुपैयाँ बराबरका विभिन्न मोटर पाट्र्स बरामद गरिएको हो । सीमा क्षेत्रमा नियमित निगरानी, गस्ती तथा सूचनाका आधारमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा उक्त सामान नियन्त्रणमा लिइएको हो ।

बरामद गरिएका मोटर पाट्र्स आवश्यक कानुनी प्रक्रिया पूरा गरी कृष्णनगर भन्सार कार्यालय, कृष्णनगर कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताउनु भयो ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा नियमित गस्ती, चेकजाँच, निगरानी तथा सूचनाका आधारमा विशेष अपरेसन सञ्चालन भइरहेका छन् । सीमा क्षेत्रको सुरक्षा सुदृढ बनाउने, भन्सार छलि हुने अवैध सामान नियन्त्रण गर्ने र राजस्व संरक्षणमा सहयोग पु¥याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले सीमा नाकामा विशेष अपरेशन संचालन गरेको गणपती अधिकारीको भनाई रहेको छ ।

पछिल्लो २ महिनामा कृष्णनगर नाका हुँदै भन्सार छली अन्दाजी १ करोडमा सामाग्री नियन्त्रणमा लिई भन्सार चलान भएको छ । नियन्त्रणमा लिएका मध्ये मोटर पाट्र्स, इलेक्ट्रोनिक सामान, औषधि, लत्ताकपडा, कस्मेटिक सामग्री, सूर्तिजन्य पदार्थ, हार्डवेयरका सामान, खाद्यान्न तथा अन्य उपभोग्य वस्तु रहेको सशस्त्र प्रहरी गुल्म कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक यज्ञमान साउदले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu