Connect with us

३८ लाख घोटाला भएको अस्पतालमा श्रम शोषण 

२०८३, ९ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु स्थित शिवराज नगरपालिकाले सन्चालन गरेको आधारभुत सेवा अस्पतालमा ३८ लाख घोटाला भएको मुद्दा चलिरहेकै बेला सोही अस्पतालका कर्मचारीमाथी श्रम शोषण गरिएको पाईएको छ ।

अस्पतालको फार्मेसिमा काम गर्ने कर्मचारीलाई पुर्ण समय काम गरे बापत उपलब्ध गराईनु पर्ने पारिश्रमिक नदिएको कर्मचारीले बताएका छ्न ।

अस्पताल प्रशासनले कर्मचारीलाई पुरै काम गर्नु पर्ने समय काम गराएर न्युनतम ज्याल पनि नदिएर श्रम शोषण गरेको एक कर्मचारीले बताए। अन्तरास्ट्रिय श्रम संगठनको मापदण्ड अनुसार श्रमिकलाई तोकिएको प्रती घण्टाका आधारमा पारिश्रमिक उपलब्ध गराईनु पर्ने हुन्छ ।

कुनै पनि कर्मचारीलाई तोकिएको घण्टा काम गराईसके पछि तोकिएको तलव वा ज्याला उपलब्ध गराईनु पर्छ। तर अस्पतालले दैनिक १२ घण्टा काम गराएर फार्मेसिका कर्मचारीलाई जम्मा प्रतिदिनका दरले ८ सय ७० मात्रै उपलब्ध गराएको एक कर्मचारीले बताए। रात दिन जती सुकै बेला काम गराएर न्युनतम पारिश्रमिक पनि नदिनु अस्पतालले काम गर्ने कर्मचारी माथी गम्भीर श्रम शोषण गरेको ठहर्छ ।

नेपालमा एक दिनमा काम गर्ने अधिकतम समय ८ घण्टा हो। ८ घण्टाको सट्टा १२ घण्टा काम गराए पनि पाउनु पर्ने पारिश्रमिक नपाईनु अस्पतालको चरम श्रम शोषण त हो नै अर्को तर्फ गम्भीर मानवअधिकारको पनि उल्लंघन हो ।

८ घण्टा काम , ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको मानिसको दैनिक जीवनयापनको मापदण्ड हो। यो मानिसल वैयक्तिक जीवनलाई व्यवस्थी बनाउन बनाईएको अन्तरास्ट्रिय मापदण्ड हो । कुनै पनि संस्थाले आफ्नो संस्थामा काम गराए बापत तोकिएको ज्याला कामदारलाई उपलब्ध गराउन पर्छ ।

यदि अतिरिक्त समय श्रम गराए अतिरिक्त ज्याला उपलब्ध गराईनु पर्छ। तर अस्पतालले ८ घन्टाको ज्यालामा १२ घण्टा काम गराईरहेको छ। सरकारी निकायमै यो स्तरको कार्य हुनु निकै दु:खद विषय हो ।
कपिलवस्तु जिल्लाको जिल्ला दररेट ०८३/०८४ ले स्वास्थ्य कर्मी सम्बन्धि पारिश्रमिकको दररेट नतोकेको पाईयो । यो समस्य देशैभरिका सरकारी स्वास्थ्य संस्थामा देखिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu