Connect with us
Kapilvast Forest

अजिजको कविता: विपत पछीको जीवन ।।

२०८३, १३ भाद्र शनिबारमा प्रकाशित

विपत् पछिको जीवन
विपत्ति आएर गयो,
जनधन सक्काएर गयो ।
अब शेष रहेका जीवन
जारी राख्नुपर्छ ।
कैयौँ घरबार उडाएर गयो,
कलिला फूलहरु चुडाएर गयो ।
हामी त्यहीबाट फेरि उठ्नेछौँ एकपटक,
साथ–सहयोग सर्वोपरि राख्नुपर्छ ।

भूकम्पको घाउमा बाढीले झैन बढाएर गयो,
सुधार हुदैँ थियो, प्रकृतिले बगाएर गयो ।
सास रहुनजेलसम्म साहस रहनेछ,
सधैँझैँ इमान्दारी राख्नुपर्छ ।
सित्तैमा कसैको नुन नखाने लोभ खाएर गयो,
लासमाथि सुन लुट्न मानवता हराएर गयो ।
बुद्धको देशमा आत्मा शुद्ध हुनुपर्ने होइन?
कम्तिमा दया करुणा र मानवता बचाइ राख्नुपर्छ ।

हाम्रा कमी–कम्जोरी पनि बताएर गयो,
सुतेकालाई निद्राबाट व्युझाएर गयो ।
फेरि पनि आउन सक्छ, यो निर्दयी छ,
आफ्नो स्रोत–साधन तयारी राख्नुपर्छ ।

– अजिज खान
श्री सरस्वती मा.वि. बङ्ग्लाचुली–७, दाङ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj