Connect with us
Kapilvast Forest

अखिल नेपाल महिला संघ शिवराजको तेस्रो भेला सम्पन्न

२०८३, १५ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु– अखिल नेपाल महिला संघ शिवराज नगर समितिको तेस्रो भेला शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा सम्पन्न भएको छ।

अखिल नेपाल महिला संघ कपिलवस्तुकी उपाध्यक्ष अम्बिका पौडेलको प्रमुख आतिथ्यता तथा बिनिता अदैको अध्यक्षतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै पौडेलले महिलाले प्राप्त गरेका सीमित अधिकार पनि विगतको संघर्ष र बलिदानबाट प्राप्त भएको बताइन्। प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला सचिव केर सिंह अदैले देशको तत्कालीन राजनीतिक परिस्थितिबारे प्रकाश पारे। यस्तै, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य केहर सिंह पुन, जातीय समता समाजका जिल्ला सचिव रामबहादुर चमार र अखिल छैठौंकी जिल्ला अध्यक्ष तिना अदैले शुभकामना मन्तव्य दिएका थिए।
भेलाले तारा घर्ती मगरको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला संघ शिवराज नगर समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा निमा देवी पुन, सचिवमा बिनिता अदै, कोषाध्यक्षमा कमला बुढामगर र सहसचिवमा सस्तुल्ला हरिजन चयन भएका छन्।
सदस्यहरूमा पुनम गोशाई, लेमकुमारी बन्जाडे, फुर्सी विक, सोनिया चौधरी, उर्मिला गिरी, भिउसरा अदै, शान्ति पुन, कल्पना नेपाली र सुनिता नाउ चयन भएका छन्। वैकल्पिक सदस्यमा बेलौता विक र कल्पना सुनार रहेका छन् भने एक सदस्य पद पछि बैठकबाट पूर्ति गर्ने गरी रिक्त राखिएको छ।
त्यसैगरी, सल्लाहकारमा इन्द्रकला खनाल, सुकन्या चौधरी, गीता बन्जाडे र बिनिता सुनार चयन भएका छन्।

भेलाले आगामी बैठकबाट वडा तहमा समिति गठन गर्ने तथा सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको छ।
कार्यक्रममा बाढीपीडितका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। कार्यक्रमको सञ्चालन तारा घर्तीले गरेकी थिइन् भने स्वागत मन्तव्य निमा देवी पुनले राखेकी थिइन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu