Connect with us
Kapilvast Forest

राजमोको अध्यक्षमा रामदेव कुर्मी चयन

२०८३, २३ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ। भेलाले रामदेव कुर्मीको अध्यक्षतामा सल्लाहकारसहित २५ सदस्यीय वडा समिति गठन गरेको छ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट उपाध्यक्षमा रामप्रसाद कामी, सचिवमा बिनिता अदै र कोषाध्यक्षमा रामबहादुर विक चयन भएका छन्।
समिति सदस्यहरूमा श्यामलाल थारु, देवबहादुर खत्री, फारुक अहमद, कन्हैयालाल मुराउ, धनिकला पुन, कल्पना नेपाली, मोहन विक, अनिता लोनिया, बिमला गौतम, लीलबहादुर कुँवर, रमेश भर, कमल अहमद, दुजबहादुर विक, रहिस कुजदा र झकबहादुर विक रहेका छन्।
त्यस्तै, सल्लाहकारमा चेतनारायण खनाल, नन्दराज भण्डारी, श्यामप्रकाश खनाल, नोखे थारु, चिन्का अहिर र छन्दबहादुर केसी चयन भएका छन्।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अदैले देशको समसामयिक राजनीतिक अवस्था तथा राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रमबारे धारणा राख्दै सही र गलत राजनीति छुट्याउन नागरिकहरू सचेत हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा जातीय समता समाजका जिल्ला सचिव रामबहादुर चमार, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य रुपलाल घर्ती, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा, अखिल नेपाल महिला संघ शिवराज नगर समितिकी अध्यक्ष तारा घर्ती, राष्ट्रिय जनमोर्चा शिवराज–१ का अध्यक्ष शिवप्रसाद थारु, मैना रहका अध्यक्ष श्यामलाल थारु र मधवाका अध्यक्ष रामप्रसाद कामीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
नवनिर्वाचित समितिलाई राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिका सचिव श्यामप्रकाश खनालले बधाई तथा शुभकामना दिनुभएको थियो। कार्यक्रमको सञ्चालन मोहन विकले गर्नुभएको थियो भने स्वागत मन्तव्य बिनिता अदैले राख्नुभएको थियो।
भेलामा सम्पूर्ण सहिद तथा रसुवामा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। सोही अवसरमा राष्ट्रिय जनमोर्चाको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणसमेत गरिएको आयोजकले जनाएको छ।
भेलापछिको बैठकले आगामी दिनमा गाउँ भेला आयोजना गर्ने तथा सदस्यता विस्तार र वितरणलाई निरन्तरता दिने निर्णय गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu