उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह
नयाँ उद्योग मन्त्रीमा सुनसरी-४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई सिफारिस गरिएको हो। उनको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ।
साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए। उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशनमा परेपछि आफैं दल खोलेका थिए।
साह अहिले प्रधानमन्त्री कार्यालयमै छन्। मन्त्रिपरिषद् बैठक जारी रहँदा उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक कोठामा बसिरहेका हुन्।