Connect with us

मेयरमा उम्मेदवारी दिने तयारीमा युवानेता बब्बु

२०८३, २९ भाद्र सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका युवानेता हसमत अली ‘बब्बु’ले आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

समृद्ध, व्यवस्थित र विकासमुखी महाराजगन्ज निर्माण गर्ने उद्देश्यसहित आफू मेयर पदमा उम्मेदवारी दिने तयारीमा रहेको बब्बुले बताउनुभएको हो । एक कार्यक्रमबीच बोल्दै उहाँले महाराजगन्ज नगरपालिकाको समग्र विकासका लागि अब नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

महाराजगन्जको विकासका लागि स्पष्ट दृष्टिकोण, दीर्घकालीन योजना र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो । “महाराजगन्जलाई समृद्ध र विकसित नगरपालिका बनाउने हो भने योजनाबद्ध ढंगले काम गर्न सक्ने नेतृत्व आवश्यक छ,” बब्बुले बताउनुभयो ।

नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । युवाको सहभागिता र स्थानीय स्रोत–साधनको उचित परिचालनमार्फत महाराजगन्जको विकासलाई नयाँ गति दिन सकिने उहाँले बताउनुभयो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै बब्बुले आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नगरवासीको हित र महाराजगन्जको समृद्धिका लागि काम गर्ने प्रतिबद्धतासहित मैदानमा आउने बताउनुभयो ।

उहाँले नगरवासीको विश्वास र साथ प्राप्त भए महाराजगन्जलाई विकास, सुशासन र समृद्धिको नमुना नगरपालिका बनाउने लक्ष्यसहित अघि बढ्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu