Connect with us
Kapilvast Forest

कामना सेवा विकास बैंकले डबल डिजिटको लाभांश निरन्तर दिने रणनीति बनाएको छ : अध्यक्ष आचार्य

२०८३, १ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं । कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले बैंकलाई थप बलियो र गुणस्तरीय बनाउँदै आगामी दिनमा पनि दोहोरो अंकको लाभांश निरन्तर दिने उद्देश्यका साथ बैंक अघि बढिरहेको बताएका छन् । बैंकको बुधबार सम्पन्न २०औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष आचार्यले पछिल्ला दुई–तीन वर्षको रणनीति बैंकको विस्तारभन्दा गुणस्तरमा बढी केन्द्रित रहेको बताएका हुन् ।

उनले पुराना खराब कर्जालाई सकेसम्म सानो बनाउने रणनीतिअनुसार बैंकले काम गरिरहेको जानकारी दिए । उनले बैंकको खराब कर्जा अनुपात ३.७८ प्रतिशतबाट घटाउने क्रममा कर्जा असुली तथा खराब कर्जा व्यवस्थापनमा विशेष ध्यान दिइएको बताए । यही क्रममा बैंकले खराब कर्जा व्यवस्थापन गर्न ‘राइट अफ’ समेत गरेको उनको भनाइ थियो ।

“हामीले बैंकलाई भित्रैबाट मजबुत बनाउँदै लैजाने उद्देश्य राखेका छौँ,” उनले भने, “आज १५ प्रतिशत लाभांश कमाउने मात्रै होइन, भविष्यमा पनि डबल डिजिटको लाभांश निरन्तर होस् भन्ने हाम्रो उद्देश्य हो ।”

उनले बैंकिङ क्षेत्र आफैँमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कर्जा प्रवाहसँगै त्यसको उचित व्यवस्थापन र असुलीमा समेत ध्यान दिनुपर्ने बताए । “बैंकिङ भनेको पैसा बेचेर पैसा कमाउने खेल हो । त्यसैले हामी एकदम सचेत तरिकाले काम गरिरहेका छौँ,” उनले भने ।

राष्ट्र बैंकका निर्देशन तथा सीमाभित्र रहेर बैंकले आफ्नो रणनीति अघि बढाउनुपर्ने उनले बताए । शेयरधनीको अपेक्षाअनुसार मात्रै नभई नियामकीय सीमाभित्र बसेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

पूँजी व्यवस्थापन र लाभांशसम्बन्धी रणनीतिबारे अध्यक्ष आचार्यले व्यवसायको वृद्धिअनुसार आवश्यक पूँजी व्यवस्थापन गरिने बताए । आवश्यक परे बोनस शेयर तथा राइट शेयरमार्फत अघि बढ्ने रणनीति रहेको उनले जानकारी दिए । बैंकले यसअघि ९ प्रतिशत अग्राधिकार शेयर दिइसकेको र व्यवसाय वृद्धि कायम रहेमा यही रणनीतिलाई निरन्तरता दिने उनले बताए ।

उनले बैंकले गत वर्ष बोनस शेयर दिएको स्मरण गर्दै यस वर्ष पनि समग्र रणनीतिलाई निरन्तरता दिइने बताए । बैंकको दीर्घकालीन विकासका लागि सही दिशामा अघि बढिरहेको विश्वास व्यक्त गर्दै उनले व्यवस्थापन टोली र प्रमुख कार्यकारी अधिकृतको कार्यसम्पादनप्रति पनि सन्तुष्टि व्यक्त गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu