जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा दिनेश रजौरिया नियुक्त
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकमा दिनेश रजौरिया नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रायलले रजौरियालाई विभागमा नेतृत्वदायी जिम्मेवारी दिएको हो ।
लामो समयदेखि सिँचाइ क्षेत्रमा काम गरेका रजौरिया कृषि क्षेत्रको बिकास र योजनामा अब्बल प्रसासकका रुपमा हेरिन्छन् । रजौरिया कपिलबस्तु कृष्णनगर नगरपालिका निवासी हुन् ।
विभागका यस अघि महानिर्देशक रहेका डा. महेश्वर श्रेष्ठ मन्त्रालयमा सरुवा भएका छन् ।