गाडीमुनि शंकास्पद वस्तु फेला
महोत्तरी । डिभिजन वन कार्यालय जलेश्वरको कम्पाउण्डमा कालो रंगको झोलामा शंकास्पद वस्तु फेला परेको छ । आइतबार साँझ रहेको एचआर२६एस ४२८१ नम्वरको भारतीय नम्बर प्लेटको कारको तल शंकास्पद वस्तु फेला परेको हो ।
वन कार्यालयको परिसरबाट छेउमै रहेको जीवन ज्योती युवा क्लवको खुल्ला चौरमा खाल्डो खनी उक्त वस्तु राखिएका छ अहिले डिस्पोजको तयारी भइरहेको छ ।वन कार्यालयकै कर्मचारी वन रक्षक नवराज विष्टका अनुसार दिउसो साढे चार बजे कार्यालय परिसरमा आएका एक अपरिचित युवक परिसरमै बसेका थिए ।