Connect with us

पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द

२०८३, ९ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं । नारायणगढ-मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७:१५ बजे सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडक खण्ड बन्द हुने जनाएको हो ।

बिहीबारदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरो गइरहेको र पहिरो हटाउने कार्य जारी रहेको सूचनामा उल्लेख छ ।

सोहीकारण, अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द रहने जानकारी दिइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu