बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत देउवाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन गर्दैछ ।
सोही सन्दर्भमा देउवाले आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
पार्टीको झण्डै आठ दशक लामो इतिहासमा १५औँ महाधिवेशन महत्त्वपूर्ण रहेको देउवाले बताएका छन्।
उनले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि कांग्रेसले गरेको त्याग, बलिदान र संघर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।
देउवाले देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गर्दै हुने अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
देउवा समूहले २१-२३ मंसिरसम्म काठमाडौंमा १५औं केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ।