Connect with us
Kapilvast Forest

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

२०८३, ३० आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं । नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। बिहीबारदेखि सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ।

बैंकका अनुसार ग्राहकहरूले अब परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिक झन्झटहरू पूरा गर्नुपर्ने आवश्यकता बिना नै एनबैंक एपको होमपेजमा रहेको ‘अपलाइ नाउ’ अप्सनमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन तथा प्राप्त गर्न सक्नेछन् । साथै दैनिक आवश्यक विभिन्न डिजिटल कारोबारहरूमा यसको प्रयोग गर्न सक्नेछन्।

पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध यो क्रेडिट कार्ड ग्राहकहरूलाई छिटो, सुरक्षित तथा झन्झटरहित रूपमा कर्जा सुविधा उपयोग गर्ने अवसर प्रदान गर्न डिजाइन गरिएको हो। यसमार्फत ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाटै क्रेडिट कार्ड प्राप्त गरी दैनिक कारोबारहरू सुरक्षित र सहज रूपमा गर्न सक्नेछन्।

बैंकले आफ्नै डेटामा आधारित विश्लेषणात्मक प्रणालीमार्फत योग्य ग्राहकहरूलाई पूर्व–स्वीकृत गरिसकेको छ। योग्य ग्राहकहरूले एपको होमपेजमा स्वचालित रूपमा ‘अपलाइ नाउ’ अप्सन देख्न सक्नेछन्। भर्चुअल क्रेडिट कार्ड फोनपे मर्चेन्ट क्यूआरमार्फत गरिने क्यूआरमा आधारित भुक्तानीका लागि प्रयोग गर्न सकिनेछ।

नबिल बैंकले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ नेपालको डिजिटल बैंकिङ यात्रामा एक महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास लिएको छ। डिजिटल वित्तीय सेवाप्रतिको बढ्दो ग्राहक मागलाई मध्यनजर गर्दै विकास गरिएको यस कार्डले ग्राहकहरूलाई सुरक्षित, सरल तथा निर्वाध भुक्तानी अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

यस कार्ड सञ्चालनका लागि नबिल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यस सहकार्यसँगै ग्राहकहरूले भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा सुरक्षित, सहज तथा निर्बाध रूपमा कारोबार गर्न सक्नेछन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu