Connect with us
Kapilvast Forest

हिम पर्वतको आईपीओ आउँदै , वैदेशिक रोजगारीमा रहेकालाई अवसर

२०८३, २६ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेको हो।

कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको छ। यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। बाँकी २५ प्रतिशत अर्थात् ४२ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो।

कम्पनीको आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि कात्तिक ११ देखि २५ गतेसम्म आवेदन खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले कात्तिक ११ देखि १६ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई अति प्रभावित र प्रभावित क्षेत्रका आधारमा सेयर बाँडफाँट गर्ने व्यवस्था गरेको छ।

दोलखाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बासिन्दालाई अति प्रभावित क्षेत्रअन्तर्गत राखिएको छ। यी क्षेत्रका बासिन्दाका लागि स्थानीयलाई छुट्याइएको कुल सेयरको ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता छुट्याइएको छ।

आयोजना प्रभावित स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ४ लाख २२ हजार ५०० कित्ता सेयरमा श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। यस समूहका लागि पनि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu