एमाले शिवराजद्वारा शुभकामना आदानप्रदान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) शिवराज नगर समितिको आयोजनामा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य गिरिधारिलाल न्यौपाने, केन्द्रीय सदस्य शिवकुमारी थारु, प्रदेश सदस्य अर्जुनकुमार केसी, लक हमाल जिल्ला अध्यक्ष बाबुराम खनाल, डम्बर शर्मा लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी नेताहरूले नेपालीहरूको महान् पर्व विजयादशमी, दीपावली तथा छठ पर्वले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहिष्णुता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना आदानप्रदान गरेका थिए।
नेकपा एमाले शिवराज नगर समितिका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गोपाल बन्जाडेले गर्नुभएको थियो भने उपाध्यक्ष टेकलाल सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।